मानवअधिकार आयोगको टोली बाजुरा पुग्यो

मानवअधिकार आयोगको टोली बाजुरा पुग्यो

राष्ट्रिय मानव अधिकार आयोगले बाजुरामा हालै भएको घटनामाथि अनुसन्धान थालेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका दिन दुई जनाको मृत्यु भएपछि आयोगले अनुसन्धान अघि बढाएको बताइएको छ ।

उक्त घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृतको टोली बाजुरा पुगेको छ ।

टोलीलाई आवश्यक सहयोग पुर्याउन आयोगले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारणलाईसमेत आग्रह गरेको छ ।

टिप्पणीहरू