नाथ र रेलको कस्तो संयोग ! समाजवादी र एमालेमा जे देखियो

नाथ र रेलको कस्तो संयोग ! समाजवादी र एमालेमा जे देखियो

नेकपा एकीकृत समाजवादीका पराजित चार जना उम्मेदवारमा अनौठो संयोग भेटिएको छ । पराजित नौ जना सांसदमध्ये चार जनाको नामको पछाडि नाथ जोडिएको छ ।इलाम १ बाट उम्मेदवार रहेका झलनाथ,उदयपुर २ बाट जगन्नाथ, सिरहा ४ बाट धर्मनाथ र कास्की २ बाट श्रीनाथ सबैलाई पराजय मिलेको छ ।

त्यसैगरी एमालेबाट पराजित चार जना उम्मेदवारको नाममा पनि उस्तै संयोग देखिएको छ । उनीहरु सबै पोखरेल थरका हुन् । ओलीको प्रधानमन्त्रीत्वकालमा रेलको चर्चा धेरै भएकाले उनीहरुको थरको पछाडिको दुई वटा अक्षरले त्यही प्रतिविम्बित गर्छ भन्ने रमाइलो चर्चा छ । 

अनौठो संयोगअनुसार ती चार रेलमा ईश्वर पोखरेल,शंकर पोखरेल, अग्नि खरेल र कृष्णभक्त पोखरेल हुन् । ईश्वर काठमाडौं ५, शंकर दाङ २, अग्नि झापा १ र कृष्णभक्त चितवन २ बाट पराजित भएका छन् ।

टिप्पणीहरू