गृहमन्त्रीलाई चुनाव जित्न गाह्रो

गृहमन्त्रीलाई चुनाव जित्न गाह्रो

गृहमन्त्री बालकृष्ण खाँणलाई चुनाव जित्न निकै सकस परेको छ । गृहजिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा ७७ हजार १९९ मतगणना भइसक्दा उहाँ १ हजार ७३ मतले पछि पर्नुभएको छ । 

खाँणलाई पछि पार्दै राप्रपाका दीपक बोहोराको अग्रता कायम छ । बोहोरालाई हालसम्म २९ हजार ७१ मत प्राप्त भएको छ । काँग्रेस उम्मेदवार खाँण २७ हजार ९५८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । 

सो क्षेत्रमा १५ हजार ५३० मत गन्न बाँकी छ ।

टिप्पणीहरू