प्रधानमन्त्री शीतल निवासबाट सोझै विवाह भोजतिर

प्रधानमन्त्री शीतल निवासबाट सोझै विवाह भोजतिर

प्रधानमन्त्री शेरबहादुर देउवा  राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि शीतल निवासबाट बाहिरिनुभएको छ । उहाँ भेटवार्ताको निम्ति साँझ ५ बजे त्यहाँ पुग्नुभएको थियो । 

झण्डै डेढ घण्टा भएको शीतल निवासको भेटवार्तापछि प्रधानमन्त्री सोझै ललितपुरको कुपण्डोलस्थित होटल हिमालय जानुभएको बताइन्छ । उहाँ त्यहाँ आयोजित एउटा विवाह भोजमा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री होटल हिमालयको पाम गार्डेनमा दुलही सुप्रिया पक्षले आयोजना गरेको  करणसङ्गको विवाह भोजमा सरिक हुनुभएको हो ।

टिप्पणीहरू