सुदूरपश्चिममा माओवादीलाई हात लाग्यो शून्य

सुदूरपश्चिममा माओवादीलाई हात लाग्यो शून्य

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा कुनै पनि सीट जित्न सकेन । सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि सबैमा पराजय व्यहोरेको छ ।

कैलाली–२ मा भगत बडुवाल,३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर–१ मा विना मगर र बैतडीमा नरेन्द्र कुँवर पराजित भएका हुन् । माओवादीले २०७४ को चुनावमा सुदूरपश्चिमबाट तीन सीट जितेको थियो ।

टिप्पणीहरू