माओवादीलाई पाँच बर्षमा ५० प्रतिशत घाटा

माओवादीलाई पाँच बर्षमा ५० प्रतिशत घाटा

पाँच वर्षअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ३६ सीट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक १८ सिटमा खुम्चिने निश्चित छ । 

माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिएको थियो । हालसम्म १६ सिटमा विजय हासिल गरेको छ । महोत्तरी–१ मा गिरिराजमणि पोखरेल र सर्लाही–२ मा महिन्द्रराय यादवले अग्रता कायम गरेका छन् ।

माओवादीले यसपटक खोटाङ–१ मा जितेको छ । त्यहाँबाट रामकुमार राई निर्वाचित भएका छन् । भोजपुरमा सुदन किराती, मोरङ–४ बाट अमनलाल मोदी,काभ्रे–१ बाट सूर्यमान तामाङ, नुवाकोट–१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा र सिन्धुली–२ बाट लेखनाथ दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै,गोरखा–२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाग्लुङ–२ बाट देवेन्द्र पौडेल, दाङ–२ बाट रेखा शर्मा, रुकुम पूर्वबाट पूर्णबहादुर घर्तीमगर,रोल्पाबाट वर्षमान पुन, कालिकोटबाट महेन्द्रबहादुर शाही, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, रुकुम पश्चिमबाट जनार्दन शर्मा र हुम्लाबाट छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।
 

टिप्पणीहरू