मधेस प्रदेशमा एकीकृत समाजवादी ४ ठाउँ,संघमा ५३% जीत
नेकपा एकीकृत समाजवादीले हालसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनमा १० स्थान पक्का गरेको छ । २० स्थानमा उम्मेदवार उठाएकामध्ये रुपन्देही-२ मा प्राविधिक कारणले उम्मेदवारी रद्ध भएको थियो ।
यो हिसाबले कूल प्रतिस्पर्धी उम्मेदवारमध्ये एकीकृत समाजवादीले प्रत्यक्ष निर्वाचनतर्फ ५२ दशमलव ६३ प्रतिशत सांसद निर्वाचित गराउन सफल भएको छ । यसरी प्रतिशतको हिसाबले नेपाली काँग्रेस र माओवादीभन्दा समाजवादीको उपलब्धि धेरै देखिन्छ ।
समानुपातिक मतमा संघतर्फ आज बिहान ११ बजेसम्म उक्त पार्टीले १ लाख ६५ हजार ४५५ मत प्राप्त गरेको छ । प्रदेशतर्फ २४ हजार ८७१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । सो पार्टीले विशेषगरी मधेश प्रदेशमा प्रत्यक्ष निर्वाचनतर्फ चार सीटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । यसरी विजयी भएकामा सप्तरी ४ (क) मा गोविन्दबहादुर न्यौपाने,सिरहा ३ (ख) मा प्रमोदकुमार यादव, सर्लाही १ (ख) मा बेची लुंगेली र रौतहट २ (ख) मा कनिश पटेल छन् ।
मधेश प्रदेश सभामा हालसम्म काँग्रेसका ९, एमालेका १३,जनमत पार्टी ५,माओवादी केन्द्र ४,लोसपा ७,जसपा ७, एकीकृत समाजवादी ४ र स्वतन्त्र उम्मेदवार ६ विजयी भएका छन् । ६४ मध्ये ५५ क्षेत्रको मतपरिणाम आइसकेको छ ।
टिप्पणीहरू