माओवादी नेताहरुसँगको छलफलपछि प्रचण्ड बालुवाटारतिर

माओवादी नेताहरुसँगको छलफलपछि प्रचण्ड बालुवाटारतिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । उहाँ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट र कुराकानी गर्न बिहान साढे १० बजे त्यहाँ पुग्नुभएको हो ।

आइतबार सम्पन्न निर्वाचनको मतपरिणाम आएपछि उहाँहरुबीच आज पहिलो पटक भेटवार्ता भएको हो । बिहान साढे १० बजेदेखि झण्डै ११ बजेसम्म भएको भेटलाई आगामी सरकार गठनसँग जोडेर हेरिएको छ ।

यसअघि दाहालले आजै बिहान आफ्नो निवास खुमलटारमा माओवादीका तीन जना नेतासँग भेटवार्ता गर्नुभएको थियो । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,शिक्षामन्त्री देवेन्द्र पौडेल र बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल त्यहाँ पुग्नुभएको थियो ।

टिप्पणीहरू