सञ्चारमन्त्रीको क्षेत्रमा मतगणना रोकियो, सूर्यमा मत थपिएको काँग्रेसको आरोप

सञ्चारमन्त्रीको क्षेत्रमा मतगणना रोकियो, सूर्यमा मत थपिएको काँग्रेसको आरोप

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ । काँग्रेस प्रतिनिधिहरूले गएराति एमालेका नाममा ६०५ मत थपिदिएको आरोप लगाएका छन् । उनीहरुले थपिएको मत हटाउनुपर्ने भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । 

रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक डाकिएको छ । पछिल्लो मतपरिणामअनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याएका छन् ।

टिप्पणीहरू