सुवास नेम्वाङको क्षेत्रमा मतगणना रोकियो

सुवास नेम्वाङको क्षेत्रमा मतगणना रोकियो

निर्वाचन अधिकृतको दस्तखत नभएको मतपत्र भेटिएको भन्दै इलाम २ मा मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको दस्तखत नभएको भेटिएपछि स्थगित गरिएको बताइएको छ ।

इलाम २ मा १ हजार ९९२ मत गन्न बाँकी छ । मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काका प्रतिनिधिले गणना स्थगित गराएका हुन् । 

पछिल्लो गणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङको पक्षमा १३० मतको अग्रता देखिन्छ ।

टिप्पणीहरू