समानुपातिक मत ७७ लाख गनियो, बाँकी कति ?

समानुपातिक मत ७७ लाख गनियो, बाँकी कति ?

शनिबार राति ९ बजेसम्म समानुपातिक मतमध्ये ७७ लाख ८६ हजार गणना भइसकेको छ । आज राति प्रकाशित विवरण सदर मतमध्ये उक्त संख्याको हो । अब दोलखा र स्याङ्जाका एक एक वटा र बाजुराको एउटा गरेर तीन वटा क्षेत्रको मत गणना हुन बाँकी छ । बाजुराको समेत जोड्दा समानुपातिक मत १ करोड ७ लाख खसेको अनुमान छ । 

यो हिसाबले अब २९ देखि ३० लाख मत गन्न बाँकी छ । त्यो बाँकी छँदा एमाले २१ लाख ८२ हजार ६२२ मतसहित अगाडि देखिन्छ । नेपाली काँग्रेस २० लाख ९६ हजार ७२८ मतका साथ दोस्रो स्थानमा छ । 

माओवादीले ९ लाख २३ हजार ९१६, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ८७ हजार ६१४, राप्रपाले ४ लाख ६९ हजार ५०४, जसपाले २ लाख ५६ हजार ६२ र नेकपा एकीकृत समाजवादीले १ लाख ९९ हजार ६३१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

टिप्पणीहरू