मतगणना हुँदै गर्दा न्यायाधीशहरुलाई मार्ने धम्की

जारी मतपरिणामको अन्तिम चरणमा पुगेको बेला प्रमुख निर्वाचन अधिकृत रहेका अदालतका श्रीमानहरुलाई समेत धम्क्याउन थालिएको छ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत जिल्लाका न्यायाधीश हुन् । उनैमध्येका ३ जमा न्यायाधीशलाई मार्ने धम्की दिइएको बताइन्छ ।

‘भोलिका दिनमा के के हुन्छ देखाउँला भन्दै कतिपय जिल्लाका उम्मेदवार,तिनका नेता र प्रतिनिधिले धम्क्याएको खबर पाएका छौं,’ स्रोतले भन्यो । यसबारे प्रधानमन्त्रीलाई हिजै जानकारी गराएर सुरक्षा प्रवन्ध मिलाउन आग्रह गरिएको बताइन्छ ।

टिप्पणीहरू