एमालेका कैलाश ढुंगेल पराजित

एमालेका कैलाश ढुंगेल पराजित

रामेछापमा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् । 

तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा ढुंगेल ३० हजार ७२९ मतमा सीमित भए ।

तामाङ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, पराजित भएका थिए ।

टिप्पणीहरू