माओवादीले आश गरेको अर्को सीट पनि गुम्यो

माओवादीले आश गरेको अर्को सीट पनि गुम्यो

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा गिरिराजमणि पोखरेल पराजित भएका छन् । उनलाई हराउँदै एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन् ।

एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

पोखरेल माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री हुन् । उनले २२ हजार ३७२ मत पाएका छन् । महतोले २३ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।

अन्य उम्मेदवारमध्ये स्वतन्त्र पोषणबहादुर थापाले ७ हजार ८१२, जनमत पार्टीका राजकिशोर साहले ३ हजार ५९८, राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेलले २ हजार ६४ मत पाएको बताइएको छ ।

टिप्पणीहरू