सुवास बन्नुभयो सबैभन्दा थोरै मतले विजयी उम्मेदवार

सुवास बन्नुभयो सबैभन्दा थोरै मतले विजयी उम्मेदवार

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले काँग्रेस नेता डम्बरबहादुर खड्कालाई पराजित गर्नुभएको छ । 
इलाम २ बाट प्रतिनिधि सभा सदस्य बन्नुभएका नेम्वाङले ३० हजार २० मत ल्याउनुभएको हो । प्रतिस्पर्धी खड्काले २९ हजार ९०६ मत पाएको बताइन्छ । उहाँहरुबीचको मतान्तर ११६ मात्र देखिएको छ । 

उहाँ २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।

टिप्पणीहरू