समानुपातिक मत ८३ लाख गनियो, तीन वटा पार्टी ‘थ्रेस होल्ड’ नजिक

समानुपातिक मत ८३ लाख गनियो, तीन वटा पार्टी ‘थ्रेस होल्ड’ नजिक

आज बिहान ९ बजेसम्म समानुपातिक मतमध्ये ८३ लाख ६३ हजार ६८३ गणना भइसकेको छ । उतm संख्या सदर मतको भएको बताइएको छ ।

अब दोलखा र बाजुरा तथा स्याङ्जाको एउटा गरेर तीन वटा क्षेत्रको मत गणना हुन बाँकी छ । हिजो भएको बाजुराको मतदानसमेत जोड्दा समानुपातिक मत १ करोड ७ लाख खसेको अनुमान छ । 

यो हिसाबले अब २४ लाख मत गन्न बाँकी रहेको बताइन्छ । हालसम्म एमाले २३ लाख ८९ मतसहित अगाडि देखिन्छ । नेपाली काँग्रेस २२ लाख १ हजार ७९४ मतका साथ दोस्रो स्थानमा छ । 

माओवादीले ९ लाख ६५ हजार ३४५, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७६०, राप्रपाले ४ लाख ८६ हजार २९७, जसपाले २ लाख ८७ हजार ४७७, जनमत पार्टीले २ लाख २१ हजार ४२७ र नेकपा एकीकृत समाजवादीले २ लाख २० हजार ५२८ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

टिप्पणीहरू