सुदूर पश्चिममा पूर्वमन्त्रीहरु सोत्तर

सुदूर पश्चिममा पूर्वमन्त्रीहरु सोत्तर

सुदूरपश्चिममा आठ जना संघीय पूर्वमन्त्रीहरु पराजित भएका छन् । अन्यत्रको तुलनामा सुदूरपश्चिममा धेरै पूर्वमन्त्रीको हार भएको देखिन आएको छ । तीमध्ये धेरैजसो कैलालीका छन् । जहाँबाट पाँच जना पूर्वमन्त्रीले पराजय व्यहोरे ।

प्रदेशका १३ वटा संघीय निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेकामध्ये आठ जना पराजित भएका हुन् । एमालेका लेखराज भट्टसहित पूर्वमन्त्री रामजनम चौधरी,गौरीशंकर चौधरीले पराजय व्यहोरेका छन् । 

त्यस्तै कञ्चनपुर १ बाट बीना मगर,दार्चुलाबाट गणेश ठगुन्ना र कैलालीका नारदमुनी राना पनि निर्वाचन हार्ने पूर्वमन्त्री बनेका छन् । 

विगतमा सञ्चार राज्यमन्त्री भएका पुष्करनाथ ओझा र बैतडीमा स्वतन्त्र उम्मेदवार रहेका केशवबहादुर चन्द पनि पराजित भएका छन् ।

टिप्पणीहरू