एमाले अध्यक्षलाई आफ्नो हारको समीक्षाभन्दा अरुको जीतको पीर

एमाले अध्यक्षलाई आफ्नो हारको समीक्षाभन्दा अरुको जीतको पीर

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीको समानुपातिक मतप्रति औपचारिक रुपमा आक्रोश पोख्नुभएको छ । उहाँले समानुपातिक मतगणनाको पछिल्लो परिणामप्रति प्रश्न उठाउँदै घुमाउरो शब्दमा एउटा पार्टीले पाएको मत अर्कोलाई गणना गरिएको गम्भीर आरोप लगाउनुभएको छ ।

उहाँले नाम नलिइकन सत्ता गठबन्धनमा रहेका पार्टीहरुमध्ये ‘केही पार्टी’ को मतबृध्दिलाई ‘अस्वाभाविक’ को बिल्ला भिराइदिनुभएको छ । हिजो सामाजिक सञ्जालमा लेख्दै ओलीले समानुपातिक मत परिणामप्रति अचम्मको आरोप लगाउनुभएको हो ।

‘शुरूदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मतबृध्दि अस्वाभाविक देखिन्छ,’ साामाजिक सञ्जालमा लेखिएको छ,‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ ।’

ओलीले मतगणनास्थलमा रहेका कार्यकर्तालाई चनाखो हुन सुझाव दिनुभएको छ । उहाँले मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुक बक्समा म्यासेज गर्नसमेत निर्देशन दिनुभएको छ ।

तर,ओलीले आफ्नो हारको समीक्षाभन्दा पनि अरुको जीतको चिन्ता गरेकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन् । ‘यस्ता पनि के ठूला नेता ?,’ एक जना वामपन्थी विश्लेषकले भने, ‘नेताहरुले बढी मत ल्याए,आफ्नै पूर्वसहकर्मीहरुको चार सीट बढ्छ । आखिर त्यो सीट पनि कम्युनिस्टकै बढ्ने हैन र !’

यतिखेर निर्वाचन आयोगमा रहेका प्रमुख आयुक्तदेखि अन्य तीन जना आयुक्तले उहाँले नै नियुक्त गर्नुभएको हो । ईश्वरी पौड्यालबाहेक अरु आफैंद्वारा नियुक्त आयुक्तमाथि यसरी उहाँले औंला ठड्याउनुभएको अर्थ लागेको छ । माधव नेपाल नेतृत्वको अस्वाभाविक मत बढ्यो भनेर आशंका कसलाई गरिएको होला ?

टिप्पणीहरू