महोत्तरीको दुई निर्वाचन क्षेत्रमा गठबन्धन,एक क्षेत्र एमालेलाई

महोत्तरीको दुई निर्वाचन क्षेत्रमा गठबन्धन,एक क्षेत्र एमालेलाई

महोत्तरीको चार वटा निर्वाचन क्षेत्रमध्ये दुई वटामा सत्ता गठबन्धन र एउटामा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन् । 


नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै उनले जीत हात पारेकी हुन् । 

त्यस्तै,निर्वाचन क्षेत्र नम्बर २ र ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार विजयी भएका छन् । 

क्षेत्र नम्बर २ मा शरदसिंह भण्डारी निर्वाचित भएका छन् । 

आफ्नो निकटतम प्रतिस्पर्धी तराई–मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार विजयकुमार सिंहलाई पछि पार्दै उनी प्रतिनिधि सभा सदस्यमा चुनिएका हुन् । 

यता, क्षेत्र नम्बर ३ मा महन्थ ठाकुर विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार हरिनारायण यादवलाई हराउँदै उनी निर्वाचित भएका हुन् । 

हाल धमाधम क्षेत्र नम्बर ४ को मतगणना भइरहेको छ । यहाँ गठबन्धनबाट महिन्द्रकुमार राय र जसपाका सुरेन्द्रकुमार यादवबीच प्रतिस्पर्धा चलिरहेको छ ।

टिप्पणीहरू