मनाङमा समानुपातिकतर्फ संघमा काँग्रेस, प्रदेशमा एमाले पहिलो

मनाङमा समानुपातिकतर्फ संघमा काँग्रेस, प्रदेशमा एमाले पहिलो

मनाङमा प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ । प्रतिनिधि सभातर्फ काँग्रेसले २ हजार ४ सय ३० मत ल्याउँदा एमालेले २ हजार १ सय ९१ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ४६ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १ सय ३३ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीले ५७ मत पाएको छ ।

त्यस्तै, एकीकृत समाजवादी पार्टीले १७ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाले २ मत, नेपाल मजदुर किसान पार्टीले ४ मत, जनमत पार्टीले ३ मत र हाम्रो नेपाली पार्टीले ४ मत पाएको छ । पुनर्जागरण पार्टी नेपालले १ मत, मङ्गोल नेशनल अर्गनाइजेनशनले ४ मत, नेपाल जनता पार्टीले २ मत र जनता समाजवादी पार्टीले ८ मत प्राप्त गरेको छ । 

साथै प्रदेश सभा समानुपातिकतर्फ एमाले पहिलो पार्टी बनेको छ । एमालेले २ हजार १ सय ६२ मत हासिल गर्दा काँग्रेसले १ हजार ६ सय ५० मत र माओवादीले ९ सय ४ मत प्राप्त गरेको छ ।  त्यस्तै, राप्रपाले ६३ मत, नेकपा (माले) पाटीले २१ मत, नागरिक उन्मुक्ति पार्टीले १३ मत, एकीकृत समाजवादीले १२ मत हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

टिप्पणीहरू