गणना सकिँदै जाँदा खनालको मत घट्दै

गणना सकिँदै जाँदा खनालको मत घट्दै

इलाम क्षेत्र नं. १ प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई शुरुदेखि नै एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन् । समाजवादीका खनाललाई एमालेका बस्नेतले २ हजार ५०२ मतअन्तरले पछि पारेका छन् । 

खनालले हालसम्म २१ ह्जार ८०२ मत प्राप्त गरेका छन् भने एमालेका बस्नेतले २४ हजार ३०४ मत ल्याएका छन् । 

क्षेत्र नं. १ मा कूल ५९ हजार ५८ मत खसेकामा ५६ हजार ४९२ मत गणना भइसकेको छ । अब माइजोगमाई र रोङ गाउँपालिकाको गणना हुन बाँकी छ । माइजोगमाईमा स्थानीय तहको अध्यक्ष एमालेले जितेको छ भने रोङमा नेपाली कांग्रेसले अध्यक्ष जितेको छ । यी पालिकाहरुमा बस्नेतको अग्रतालाई रोक्ने गरेर मत आउने संभावना कम छ । यसैले एमालेका बस्नेत जीत नजिक रहेको बताइन्छ । अब ३ हजार ४१४ मत गन्न बाँकी छ । अहिलेसम्मको मतगणनामा चार प्रतिशतभन्दा बढी मत बदर भइरहेको छ । 

यता इलाम क्षेत्र नं. १ को क मा एकीकृत समाजवादीकी खिनु लिम्बूले १८ सय ६७ मतले अग्रता कायम गर्दै विजयको नजिक रहेकी छिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी शोभा पराजुलीले ९ हजार ७३७ मत ल्याएकी छन् भने लिम्बूले ११ हजार ६०४ मत प्राप्त गरिसकिन् । 

क्षेत्र नं. १ को "ख" मा नेपाली कांग्रेसका समशेर राईले एमालेका दिपककुमार थेबेलाई ६४१ मतले पछि पारिरहेका छन् । राईले १२ हजार ७७४ र थेबेले १२१३३ मत ल्याएका छन् । 

क्षेत्र नं. २ मा भने एमाले उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ एक सय १४ मतको झिनो अन्तरले नेपाली कांग्रेसका डम्बर खड्कालाई पराजित गर्दै विजयी भइसकेका छन् । 

इलाम क्षेत्र नं. २ को "क" मा नेपाली कांग्रेसबाट गोविन्द गिरी र २ को ख मा एमालेका राम राना विजयी भएका छन् ।

टिप्पणीहरू