प्रधानमन्त्रीको चर्चासँगै काँग्रेसभित्र ‘गगन–रवि कनेक्सन’ को खोजी

प्रधानमन्त्रीको चर्चासँगै काँग्रेसभित्र ‘गगन–रवि कनेक्सन’ को खोजी

आमनिर्वाचनको मत परिणाम अन्तिमतिर पुग्दै गर्दा नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरू नयाँ सरकारको कसरतमा जुटेका छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुनः पाँचदलीय सत्ता गठबन्धनको अभ्यासमा छन् ।

गठबन्धनभित्र प्रधानमन्त्री पदका लागि ‘देउवा—प्रचण्ड’ सहित दर्जनौँ शीर्ष नेताहरू मुख्य दाबेदार हुन् । पछिल्लो पटक रामचन्द्र पौडेलदेखि गगन थापासम्म प्रधानमन्त्रीकै दौडमा छन् । नयाँ सरकारबारे चासो राख्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बालुवाटारदेखि खुमलटारसम्म पुगिरहेका छन् । यतिबेला राजनीतिक माहौल नयाँ सरकार गठनको विषयमा एकाएक तातेको छ । भर्खंरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने ‘ग्रिन सिग्नल’ दिइसकेको छ ।

चितवन २ बाट निर्वाचित तथा पार्टी सभापति रवि लामिछानेको राजनैतिक चरित्रबारे राजनीतिक वृत्तमा थप चासो व्यक्त गरिएको छ । आम प्रश्न छ– उनी सत्तास्वार्थका लागि नयाँ सरकारको एउटा हिस्सा बन्लान् वा प्रतिपक्षमै बस्लान् ?

‘गगन थापाले आगामी सरकारको नेतृत्व गर्छन् भने रवि दाइ सकारात्मक हुनसक्ने अनेकौँ कारण छन् । गगन थापा जत्तिको युवा नेता प्रधानमन्त्री बन्नु आफैंमा राम्रो सन्देश हो । तथापि, राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी केन्द्रीय समिति बैठकले यसबारे थप प्रष्ट पार्नेछ,’ प्रवक्ता ढकालले भने ।

सभापति लामिछानेले आफ्नो ‘कोर टिम’ लाई आफूअनुकूलको व्यक्ति प्रधानमन्त्री पदका लागि खडा भए समर्थन गर्न सकिने संकेत गरिसकेका छन् । उनको दलबाट लामिछानेसहित सोबिता गौतम,शिशिर ढकाल, गणेश पराजुली,तोसिमा कार्की,विराजभक्त श्रेष्ठ र हरि ढकाल विजयी भएका छन् ।

त्यसो त लामिछाने नेतृत्वको दलले प्रतिनिधि सभामा समानुपातिकसहित २२ जना सांसद कटाउने दावी गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ९ लाख २३ हजार ९६५ समानुपातिक मत ल्याएको छ । नयाँ सरकारमा जाने नजानेबारे पार्टीभित्र दुईधार देखिन थालेको बताइन्छ । 

पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टी नयाँ सरकारमा जान तयार रहेको बताइसकेका छन् । सभापति लामिछानेले प्रधानमन्त्रीमा काँग्रेसका गगन थापाको चर्चालाई स्वाभाविक रुपमा लिएको आफूनिकट सदस्यसँग चर्चा गर्न थालेकोबारे सोही पार्टीका नेता तथा कार्यकर्ताबीच खासखुस भएको छ ।

‘गगन थापालाई प्रधानमन्त्री मान्न तयार छौँ,तर शेरबहादुर देउवा र प्रचण्डलाई मान्दैनौँ,’ ढकालनिकट स्रोतले भन्यो । उनी गगन थापाको सचिवालयसँग आन्तरिक संवादमा जुटेको बताइन्छ । गगन—रविको ‘चुनावी कनेक्सन’ लाई लिएर काँग्रेसभित्रै चर्को आलोचना भइरहेको छ । 

महामन्त्री थापाले रवि लामिछानेसँग मिलेर देउवानिकट उम्मेदवारहरुलाई हराउने काममा प्रमुख भूमिका खेलेको गम्भीर आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दल बन्ने पक्का भएपछि गगन र रविबीच टेलिफोन संवाद भएको बताइन्छ । हालसम्म उनीहरूबीच औपचारिक भेटघाट नभएको गगननिकट नेताहरूको भनाइ छ ।

‘गगन थापाले आगामी सरकारको नेतृत्व गर्छन् भने रवि दाइ सकारात्मक हुनसक्ने अनेकौँ कारण छन् । गगन थापा जत्तिको युवा नेता प्रधानमन्त्री बन्नु आफैंमा राम्रो सन्देश हो । तथापि, राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी केन्द्रीय समिति बैठकले यसबारे थप प्रष्ट पार्नेछ,’ प्रवक्ता ढकालले भने ।

टिप्पणीहरू