‘एक्जिट पोल’, मिल्दै मिल्दैन एज अ होल

‘एक्जिट पोल’, मिल्दै मिल्दैन एज अ होल

चुनावअघि ‘एक्जिट पोल’ का नाममा गरिने प्रक्षेपण परिणाममा देखिनुपर्छ । तर, ०६४ मा माओवादीको क्लिनस्विप हुँदाझैँ  यसचोटि एक्जिट पोलले पनि ‘घण्टी’ को स्थितिबारे पूर्वानुमान लगाउन सकेन । किनकि यसपालि गठबन्धनको मत ट्रान्सफरमै ठूलो गडबडी देखिएको छ ।

‘एक्जिट पोल’ विश्लेषकले घण्टीलाई समानुपातिकमा अलिअलि ल्याउँछ भनी चित्रण गरेका थिए । यसले ‘एक्जिट पोल’ को ‘नम्र्स एण्ड भ्याल्युज’ नै मेट्यो । अनि, रवि लामिछानेले यही बेला नागरिकताको फण्डा फ्याँकेको चुनावकै हुलमुलमा लापलुप पारौँ भनेर हुनसक्ने अनुमान गरिएको छ । विरोध गर्नेहरू सबै मतगणनामा लागे, ‘सामसुम’ भए । उनीहरूले अदालत जाने मौका पनि नपाउने गरी हल्ला आयो । अनि निर्वाचन आयोगले स्पष्टीकरणका निम्ति २ घण्टा र ३ दिन हैन चुनाव सकिएसम्मका लागि ७ दिनको मौका दियो । यसले गर्दा मत घट्यो भन्ने लागे पनि त्यस्तो भने होइन । बठ्याइँ कतिसम्म गरे भने, प्रचण्डलाई गोरखा जाने बनाएर, आफूले चितवनमा क्षेत्र परिवर्तन गरिदिए । 

भनिन्छ, नागरिकता विवादमा यदि उनले क्लिनचिट पाए भने यसरी नै प्रक्रिया नपु¥याएका धेरैलाई नागरिकता दिनुपर्ने हुन्छ । थुप्रै नेपालीले विभिन्न देशमा ग्रीनकार्ड र पिआर पाएका छन् र नेपाली नागरिकता स्वतः बदरमा परेका छन् । यदि, रविको हकमा उनको अहिलेको परिणामसँग डराएर न्यायालयले फैसला गरिदियो भने देशमा स्वदेशी आप्रवासीहरूको भीड लाग्ने निश्चित छ । 

निर्वाचनका क्रममा भएको सबैभन्दा अप्रिय घटना हो, बाजुराको । त्यहाँ स्थानीय चुनावताका झैँ अहिले पनि आधा जिल्लामा एमालेले, आधामा कांग्रेसले मतदान बदरको माग गरेको छ । कांग्रेसका बद्री पाण्डे र एमालेका कर्ण थापा उठेका छन् । 

टिप्पणीहरू