चुनाव जितेर गाउँ पुग्दा जवेगुलाई भव्य स्वागत

चुनाव जितेर गाउँ पुग्दा जवेगुलाई भव्य स्वागत

पाँचथर प्रदेश सभा १ निर्वाचन क्षेत्र १ बाट चुनाव जितेसंगै आफ्नो गृह क्षेत्र पुग्नुभएका कमलप्रसाद जवेगूलाई स्थानीयहरुले भव्य स्वागत गरेका छन् । चुनाव जितेसँगै शनिवार आफ्नो गृहक्षेत्र पाँचथरको फालेलुङ १ पुग्नु भएका जवेगुलाई स्थानीय समुदाय  र संघ संस्थाको तर्फबाट भव्य स्वागत तथा सम्मान गरिएको छ  ।

फिदिम बजारबाट बिहान ११ बजे प्रस्थान गर्नुभएका जवेगु हिलीहाङ ६ र ७ सहित फालेलुङ १ का विभिन्न स्थानमा स्वत: स्फूर्त रुपमा आयोजना गरिएका कार्यक्रमहरुमा सहभागी हुँदै बेलुका  ४ बजे गृह क्षेत्र फालेलुङ १ खुँगा पुग्नुभएको थियो ।  स्थानेयहरुको उल्लेख्य उपस्थिति रहेको विभिन्न कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य जवेगुले सम्बोधन गर्दै सम्पूर्ण मतदाताहरु र गठबन्धनमा सहभागी राजनैतिक दललाई धन्यवाद दिनु भएको थियो । 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता,कार्यकर्तासहित गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागिता  थियो । 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य तथा जिल्ला उपाध्यक्ष प्रेमप्रसाद रिजाल , नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य गणेश थाम्सुहाङ,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सीता थेवे र राज्य समिति सदस्य टिका नेम्वाङ र फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङ लगायतले शुभकामनासहित सफल कार्यकालको शुभकामना दिनुभएको थियो । 

नेकपा एकीकृत समाजवादीको तर्फबाट बाम लोकतान्त्रिक गठवन्धनको उम्मेदवार बन्नुभएका  जबेगुले नेकपा एमालेका राजकुमार भण्डारीलाई ६ सय ३३ मतले पराजित गर्नुभएको हो  । जबेगुले १६ हजार ८ सय ३७ मत र  निकटतम प्रतिद्वन्द्वी भण्डारीले १६ हजार २ सय ४ मत ल्याउनु भएको थियो ।


 

टिप्पणीहरू