दोलखामा पुनः मतदानको सिफारिस !

दोलखामा पुनः मतदानको सिफारिस !

दोलखाका सात वटा मतदान केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीले सिफारिस गरेको छ । निर्वाचन आयोगले गठन गरेको उक्त टोलीले पुनः मतदानको सिफारिसहित प्रतिवेदन तयार गरेको बुझिएको छ ।

टोलीले जिल्लाका सात वटा केन्द्रमा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निश्कर्ष निकालेर पुनः मतदानको निम्ति सिफारिस गरेको हो ।

उता बाजुरामा हिजो मतदान भएको छ । स्याङ्जा २ मा पुनः आवश्यक छानबिनको लागि टोली गठन गर्ने क्रममा निर्वाचन आयोगका आयुक्तहरुबीच विवाद भएको छ । त्यस सम्बन्धी निर्णयमा प्रमुख निर्वाचन आयुक्तसहित अन्य तीन जना एकातिर र आयुक्त ईश्वरी पौड्याल विरोधमा देखिनुभएको हो ।

टिप्पणीहरू