यातायात कार्यालयले ट्रायल परीक्षाको मिति सार्यो

यातायात कार्यालयले ट्रायल परीक्षाको मिति सार्यो

यातायात व्यवस्था कार्यालय, ठूलोभर्याङले आगामी बिहीबारका लागि तोकेको ट्रायल परीक्षाको मिति संशोधन गरेको छ । 

उक्त दिनका लागि तोकिएको ‘के’ वर्ग (स्कुटर, मोपेड) को ट्रायल परीक्षा भोलिपल्ट शुक्रबारका दिन हुने बताइएको छ । परीक्षा मंसिर १६ गते भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारामा सञ्चालन हुने जारी सूचनामा उल्लेख छ । 

कार्यालयले भनेको छ, ‘बिहीबार सञ्चालन हुने भनि तोकिएको वर्ग के (स्कुटर, मोपेड) को ट्रायल परीक्षा प्राविधिक कारणबश मिति २०७९–८–१६ गते शुक्रबार भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि, गुुर्जुधारामा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबै सेवाग्राहीहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

सोही दिन वर्ग ‘ए’ र ‘बी’ को ट्रायल परीक्षा पनि सञ्चालन हुने कार्यालयले जनाएको छ ।
 

टिप्पणीहरू