निकै कष्टका साथ अशोक राईको सँसद प्रवेश

निकै कष्टका साथ अशोक राईको सँसद प्रवेश

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई १७ हजार ५९ मतसहित विजयी भएका छन्  ।

राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गरेका हुन् । तामाङले १६ हजार ६०६ मत प्राप्त गरेको बताइएको छ ।

वाम गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याएका छन् । अर्का अशोक राईले ७ हजार ८०४ मत ल्याएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन् ।

विजयी राईलाई घण्टी चिन्ह लिएकी गोमाले थोरै अन्तरले पछ्याउँदै आएकी थिइन् । गठबन्धनका उम्मेदवार पनि निकै सशक्त देखिएका थिए ।

टिप्पणीहरू