मधेश प्रदेशमा खिचडी सरकारको सम्भावना,सीके राउत निर्णायक

मधेश प्रदेशमा खिचडी सरकारको सम्भावना,सीके राउत निर्णायक

मधेश प्रदेश सभामा हालसम्म ६३ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आएको छ । धनुषा ४ (२) बाट अन्तिम नतिजा आउन बाँकी छ । त्यहाँ एमाले उम्मेदवार अगाडि छन् । हालसम्मको अवस्थाले प्रदेश सरकार खिचडी बन्ने देखिएको छ ।


निर्वाचन परिणामबाट सरकार बनाउन ठूला दल र तिनका गठबन्धनको स्पष्ट बहुमत नआएपछि नयाँ सरकार बनाउन सीके राउत नेतृत्वको जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरुको भूमिका महत्वपूर्ण देखिएको छ । हालसम्म वाम-लोकतान्त्रिक गठबन्धनले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सीट हात पारेका छन् । 

जहाँ नेपाली काँग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको सात,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका चार/चार सांसद देखिएका छन् । 


प्रदेश सभामा जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरुले छ–छ स्थानमा जीत हात पारेका हुन् । समानुपातिकतर्फ हालसम्म नेपाली काँग्रेस पहिलो र एमाले दोस्रो स्थानमा छ । जसपा तेस्रो,जनमत पार्टी चौथो, माओवादी पाँचौ, एकीकृत समाजवादी छैठौं र लोसपा सातौं स्थानमा छन् ।

प्रदेश सभामा १०७ सदस्य रहने व्यवस्था छ ।

टिप्पणीहरू