पश्चिमा राजदूतहरु मंगलबजारमा

पश्चिमा राजदूतहरु मंगलबजारमा

नेपालका लागि अमेरिकी,जर्मन र कतारका राजदूतहरु हिजो बिहान पाटनको मंगलबजार जानुभयो । उहाँहरु दिउँसोको लञ्च समयसम्म त्यहाँ रहनुभएको थियो । दिउँसो पौने २ बजेको समयमा तीनै जना राजदूत मंगलबजारबाट बाहिरिनुभयो । 

राजदूतहरु किन मंगलबजार आउनुभएको ? भनेर जनआस्थाले राखेको जिज्ञासामा पाटन दरबार संग्रहालयका एक जना अधिकारीले भने, ‘एउटा छलफल र बैठक थियो, त्यसैमा सहभागी हुनुभएको हो ।’

उनका अनुसार पाटन दरबार संग्रहालयमा काठमाडौं उपत्यका संरक्षण कोषको आयोजनामा २०७२ को भूकम्पमा क्षति भएका सम्पदाहरुको पुनर्निर्माण समापन तथा समीक्षा कार्यक्रम राखिएको थियो । कार्यक्रममा कोषका निर्देशक रोहित रञ्जित,अमेरिकी राजदूत डियन आर. थम्प्सन,जर्मन राजदूत थोमस प्रिन्ज,कतारका राजदुत युसुफ विन महोम्मद अहमद अल हाइल,ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू