बालुवाटार पुगेर पराजित राज्यमन्त्रीको गम्भीर गुनासो

बालुवाटार पुगेर पराजित राज्यमन्त्रीको गम्भीर  गुनासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित उम्मेदवार तथा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएको छ । 

हिजै राजधानी फर्किनुभएका श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवासामु पार्टीभित्रैका साथीहरुले अन्तरघात गरेको उल्लेख गर्नुभएको बालुवाटार स्रोतको दाबी छ । श्रेष्ठले, ‘काँग्रेसभित्र संसदीय दलको नेता बन्ने दौडमा रहेका चर्चित महामन्त्री गगन थापाले आफूलाई अन्तरघात गरेर हराएको गम्भीर आरोप लगाए,’ स्रोतले भन्यो ।

‘काँग्रेस नेताबाटै यस्तो होला भनेर मैले सोचेको पनि थिइनँ,’ श्रेष्ठको भनाइ उल्लेख गर्दै सोही श्रोत भन्छ , ‘महामन्त्री थापाले मलाई हराएका हुन् । चुनावका बेला मैले धेरै पटक सम्पर्कको प्रयास गरेँ । तर उनी फोन सम्पर्कमा आएनन् । मलाई हराएर नयाँ पार्टीका अध्यक्ष लामिछानेलाई चितवनबाट जिताउन प्रमुख भूमिका खेले । प्रधानमन्त्रीज्यू,आफ्नै पार्टीका नेताहरू हराउनेलाई कारबाही गरियोस् ।’

प्रधानमन्त्री पत्नी डा.आरजु राणानिकट मानिएका व्यापारी नेता श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग साँठगाँठ गरेर चितवनबाट आफूलाई हराइएको भनी चर्को आलोचना गर्दै आउनुभएको छ ।

‘यसपालि काठमाडौँ होस् या चितवन कतै पनि गगन दाइको सकारात्मक रोल देखिएन । उहाँ हाम्रो नेता हो । प्रधानमन्त्रीको दाबी गर्दै हिँड्ने,आफ्नै उम्मेदवार हराउने यस्तो पनि हुन्छ ?"
 

प्रधानमन्त्री निकट एक केन्द्रीय सदस्यका अनुसार ‘गगन–रवि कनेक्सन’ वारे नेपाली काँग्रेसको आगामी केन्द्रीय समिति बैठकमा थप चर्चा गरिने छ । ‘पार्टीले टिकट दिएर पठाएका उम्मेदवारहरू पार्टीका प्रतिनिधि हुन् । उनीहरूलाई जिम्मेवार नेता–कार्यकर्ताले जिताउनुपर्छ । तर महामन्त्रीजस्तो माथिल्लो तहमा पुगेको नेताले आफ्नै पार्टीका उम्मेदवार हराउने भन्ने कुरा सोच्न पनि सकिँदैन । यदि रवि लामिछानेलाई सहयोग गरेको खबर सत्य हो भने गगन भाइलाई पनि कारबाही हुनुपर्छ,’ ती केन्द्रीय सदस्यले भने ।

चितवनबाट फर्किएलगतै प्रधानमन्त्री निवास बालुवाटार पुगेको श्रेष्ठसहितको टोलीले चितवन—२ मा आफ्नै दलका नेता तथा कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गरेको दाबी गरेको छ । 

‘यसपालि काठमाडौँ होस् या चितवन कतै पनि गगन दाइको सकारात्मक रोल देखिएन । उहाँ हाम्रो नेता हो । प्रधानमन्त्रीको दाबी गर्दै हिँड्ने,आफ्नै उम्मेदवार हराउने यस्तो पनि हुन्छ ?,’ नेपाल विद्यार्थी संघका एक केन्द्रीय सदस्यले प्रश्न गरे ।

त्यसो त माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता—कर्ताकर्ताले पनि ‘रविसँग मिलेर काँग्रेस महामन्त्री थापाले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई कैयौँ ठाउँमा हराएको’ गम्भीर आरोप लगाइरहेका छन् ।

टिप्पणीहरू