मन्त्री चाहियो भन्दै बिनोद चौधरी बालुवाटारमा

मन्त्री चाहियो भन्दै बिनोद चौधरी बालुवाटारमा

नवलपरासी-१ बाट निर्वाचित काँग्रेस सांसद तथा डलर अर्बपति विनोद चौधरी बालुवाटार पुगेका छन् । उनी साढे १२ बजेको समयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्न त्यहाँ गएका हुन् ।

१५ मीनेट छुट्टै भेटवार्ता गरेका चौधरीले आगामी क्याबिनेटमा मन्त्री हुने इच्छा राखेर बाहिरिएको स्रोतको भनाइ छ । बालुवाटारमा भएको गठबन्धन दलको बैठकलगत्तै चौधरीले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

यसअघि उनले हिजो सानेपास्थित चौधरी ग्रुपको कम्पाउण्डमा प्रत्यक्ष निर्वाचित सांसद भएको अवसरमा हर्षोल्लास मनाएका थिए ।

टिप्पणीहरू