काठमाडौंमा पानी लैजाने भन्दै मेलम्चीको ढोका बन्द
अघिल्लो वर्ष असारदेखि अवरुद्ध मेलम्ची खानेपानी वितरण कार्य मंसिर अन्तिम सातादेखि पुनः थालिने भएको छ । आगामी २५ गतेदेखि काठमाडौं उपत्यकामा पानी वितरण गर्न लागिएको छ ।
हिजो रातिदेखि मेलम्चीमा दुई वटा ढोका बन्द गरेर पानी पठाउन थालिएको हो । त्यही पानी मंसिर २५ गतेदेखि वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।
२६ किलोमिटर लामो सुरुङमा पानी भर्ने काम सम्पन्न भएकाले गए रातिदेखि उक्त पानीलाई सुन्दरीजलतर्फ पठाइएको हो । मेलम्चीको पानी आगामी वर्षातको समय शुरु हुनुअगाडि मात्र वितरण गरिने र त्यसपछि पुनः बन्द गरिने बताइएको छ ।
टिप्पणीहरू