एमसीसीले गर्यो ग्लोबल टेण्डर आह्वान

एमसीसीले गर्यो ग्लोबल टेण्डर आह्वान

अमेरिकी सहयोग परियोजना एमसिसीले विद्युत प्रसारण लाइन निर्माणका लागि आज ग्लोबल टेण्डर आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि उक्त आह्वान गरेको बताएको छ ।

एमसिए नेपालले बोलपत्रमा तीन वटा समूह विभाजन गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन एउटा, रातमाटे÷दमौली ९० किलोमिटर लामो अर्को र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो प्रशारण लाइन भनिएको छ ।

न्यू दमौली–न्यू बुटवल प्रसारण लाइनमा नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको १८ किलोमिटर लामो लाइनसमेत समावेश गरिएको बताइएको छ । बोलपत्रमा भाग लिन चाहनेले आगामी चैत १३ गतेसम्म आवेदन दिन पाउने छन् ।

उक्त परियोजनामा एमसिसीले कूल ५० करोड डलर र नेपाल सरकारका तर्फबाट १३ करोड डलर लगानी गर्ने भनिएको छ । आज प्रकाशित सूचनअनुसार आयोजना निर्माण कार्य आगामी अगष्टदेखि पाँच वर्षभित्र सम्पन्न गरिनेछ ।

टिप्पणीहरू