परराष्ट्रमन्त्रीको क्षेत्रमा मतगणना सुचारु गर्न आयोगको निर्देशन

परराष्ट्रमन्त्रीको क्षेत्रमा मतगणना सुचारु गर्न आयोगको निर्देशन

उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा हिजोदेखि रोकिएको मतगणना कार्य सुचारु हुने भएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई तत्काल मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ । 

एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको पत्रबमोजिम मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिइएको हो । 

प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाका एक सयभन्दा बढी मतपत्र भेटिएपछि विवाद उत्पन्न हुँदा त्यहाँको मतगणना रोकिएको छ । उदयपुरको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट परराष्ट्रमन्त्री नारायण खड्का र नेकपा एमालेकी मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ ।

टिप्पणीहरू