शेखर र गगन समूहले गठबन्धनलाई भोट नहाल्न उक्साएको आरोप

शेखर र गगन समूहले गठबन्धनलाई भोट नहाल्न उक्साएको आरोप

नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले निर्वाचनमा नेपाली काँग्रेसका नेताहरु नै गठबन्धनविरुध्द लागेको आरोप लगाएका छन् । आचार्यले उक्त कार्यमा काँग्रेस महामन्त्री गगन थापा र नेता डा. शेखर कोइराला समूह सक्रिय भएको बताएका हुन् ।

उक्त समूहले माओवादीलाई भोट नहाल्न र अन्य पार्टीलाई मतदान गर्न काँग्रेसीहरुलाई गोप्य सर्कुलर गरेको उनको दाबी छ । उनले भने, ‘नेपाली काँग्रेसभित्र शेखर–गगन समूहको तर्फबाट माओवादीलाई जानीबुझी भोट नहाल,बरु अरु अरुसँग हातेमालो गर भन्ने गोप्य निर्देशनसहित सर्कुलर भएको थियो । सोहीकारण मंसिर ४ को निर्वाचनमा हामीले धक्का व्यहोर्नुपर्यो ।"

‘नेपाली काँग्रेसभित्र शेखर–गगन समूहको तर्फबाट माओवादीलाई जानीबुझी भोट नहाल,बरु अरु अरुसँग हातेमालो गर भन्ने गोप्य निर्देशनसहित सर्कुलर भएको थियो । सोहीकारण मंसिर ४ को निर्वाचनमा आफूहरुले धक्का व्यहोर्नुपर्यो ।’

यता नेपाली काँग्रेसभित्रै पनि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट र माओवादी उम्मेदवार हराउन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले रवि लामेछानेसँग साँठगाँठ गरेको आरोप लागिसकेको छ । चितवनबाट पराजित राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कुराको जानकारी प्रधानमन्त्री देउवासँगको भेटमा गराएको बालुवाटार स्रोतले बताएको छ ।

टिप्पणीहरू