माइतीघर मण्डलामा सुकुम्बासीहरुको शान्तिपूर्ण अनशन

माइतीघर मण्डलामा सुकुम्बासीहरुको शान्तिपूर्ण अनशन

राजधानीको थापाथलीस्थित रहेको सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा शान्तिपूर्ण अनशन घोषणा गरिएको छ । 

माइतीघर मण्डलामा सुकुम्बासी बस्तीका स्थानीयहरु शान्तिपूर्ण अनशन बस्ने थालेका हुन् । अबको केही बेरपछिबाट अनशन शुरु गरिने स्थानीय दलमर्दन कामीले बताए । 

हिजो महानगरले सुकुम्बासी बस्ती हटाउन खोजेपछि त्यहाँ तनावग्रस्त अवस्था सिर्जना भएको थियो । 

वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउन खोजेको भन्दै सुकुम्बासीहरुले ढुंगामुढा गरेका थिए । 

सुकुम्बासी बस्ती एकाएक रणभूमिमा परिणत भएको थियो । स्थानीयबासीले टायर बालेर विरोध जनाएका थिए ।

टिप्पणीहरू