एमाले अध्यक्षको सम्मान गरिँदै

एमाले अध्यक्षको सम्मान गरिँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सम्मान गर्न लागिएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट अत्यधिक मतान्तरले विजयी हुनुभएको अवसरमा पार्टी कार्यालयमा उहाँको सम्मान गर्न लागिएको बताइएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको तर्फबाट अध्यक्ष ओलीलाई आज दिउँसो १ बजे बधाई ज्ञापन तथा सम्मान गर्ने कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।  कार्यक्रम पार्टी मुख्यालय, ललितपुरको च्यासलमा हुन लागेकाले मध्यान्ह १२ बजेसम्म निम्तालु सबैलाई त्यहाँ पुग्न महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले जानकारी गराउनुभएको हो ।

टिप्पणीहरू