सुकुम्बासीहरुले काठमाडौं महानगरपालिका घेरे

सुकुम्बासीहरुले काठमाडौं महानगरपालिका घेरे

आफूहरुको बास उठाउन खोजेको भन्दै सुकुम्बासीहरुले काठमाडौं महानगरपालिका पुगेर आन्दोलन चर्काएका छन् । टाउकोमा कालोपट्टी बाँधेर उनीहरुले ‘बृहत खबरदारी सभा’ गरेका हुन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल भूमि अधिकार तथा श्रमिक संगठन नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा एक सयभन्दा बढीको सहभागिता छ । कार्यक्रमको नेतृत्व हुकुमबहादुर लामाले गरेका छन् । ‘एकातिर भूमिहीन सुकुम्बासीहरु अव्यवस्थित बसोबास गरिरहेको,’ बताउँदै उनले भने, ‘महानगरले त्यो पनि जबरजस्ती हटाउन खोजेको छ । ’

प्रर्दशनकारीहरुले ‘डोजर आतंक बन्द गर’, ‘गरिबका घर टहरा भत्काउन बन्द गर’, ‘काठमाडौं महानगरपालिका होशियार’, ‘काठमाडौं महानगर हाम्रो पनि हो’, ‘जबरजस्ती उठीबास बन्द गर’, लगायत नारा लगाएका छन् ।

टिप्पणीहरू