भरतपुर महानगरपालिकाको ३५ दिने सूचना

भरतपुर महानगरपालिकाको ३५ दिने सूचना

भरतपुर महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भवन, संरचना, सीमा पर्खाल र अस्थायी टहराहरु हटाउने भएको छ । महानगरले मापदण्डविपरीत निर्माण भएका अनधिकृत संरचनाहरु हटाउन आज ३५ दिने सूचना जारी गरेको छ ।

‘त्यस्ता अनाधिकृत संरचना हटाउन महानगरले ३५ दिनको समयसीमा तोकिदिएको छ । सार्वजनिक जग्गामा स्वीकृति नलिई, सडक क्षेत्राधिकार मिचेर बनाइएका भवन, टहरालगायत अन्य संरचनाहरु हटाउन भनिएको हो,’ महानगरका प्रवक्ताले भने ।
 
त्यस्तै, स्वीकृति नलिई भवनको अगाडि भागमा निर्माण गरिएका ट्रस, जस्ता राखेर निकालेको अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचना पनि हटाउनुपर्ने छ । 

सडक फुटपाथमा सवारीसाधन अवरुद्ध हुने गरी ढलान गरेर बनाइएका संरचना र नक्सापासमा बेसमेन्ट पार्किङ् स्वीकृत गरी अन्य प्रयोजनमा बेसमेन्ट प्रयोग भइरहेकोतर्फ पनि महानगरले सूचित गराएको छ ।

तोकिएको समयसीमाभित्र ती संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम महानगर आफैँले हटाउने उल्लेख छ । साथै त्यस्तो कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने पूर्व जानकारी दिइएको छ ।

टिप्पणीहरू