एकीकृत समाजवादीले विस्तृत समीक्षा पछि गर्ने

एकीकृत समाजवादीले विस्तृत समीक्षा पछि गर्ने

नेकपा एकीकृत समाजवादीले चुनावी समीक्षा गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज दिउँसो बसेको बैठकले आगामी बैठकमा विस्तृत समीक्षा गर्ने निर्णय गरेको बताइएको छ ।

पार्टीको केन्द्रीय सचिवालयको ४२ औं बैठकले मतगणना जारी रहेको बताउँदै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सामान्य समीक्षा गरेको छ । पार्टीका महासचिव वेदुराम भुसालले जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचनको विस्तृत समीक्षाका लागि प्रदेश र जिल्ला कमिटीबाट प्रतिवेदन झिकाउने निर्णय भएको उल्लेख छ ।

‘बैठकले मंसिर ४ गते मतदान भई अझै मतगणना जारी रहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको सामान्य समीक्षा गरी विस्तृत समीक्षाका लागि प्रदेश र जिल्ला कमिटीबाट प्रतिवेदन झिकाउने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ । 

पार्टीले निर्वाचनमा सहभागी भएका सम्पूर्ण मतदाता र निर्वाचन अधिकृतलाई धन्यवाद र विजयी उम्मेदवारलाई बधाईसमेत दिएको छ ।

टिप्पणीहरू