सुनसरी ४ मा सञ्चारमन्त्रीको झिनो अग्रता
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता देखिएको छ । गत शनिबारदेखि रोकिएको मतगणना आजबाट सुरु भएको छ ।
मतगणनाको पछिल्लो परिणामअनुसार कार्कीले २३ हजार ५४० मत पाउँदा एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । कार्की र कुसियैतबीच १३६ मतान्तर रहेको छ ।
टिप्पणीहरू