माधव नेपालको पार्टीलाई मध्य तराईमा मज्जाको मत

माधव नेपालको पार्टीलाई मध्य तराईमा मज्जाको मत

निर्वाचन आयोगका आयुक्तहरु स्याङ्जा र बाजुरामा पुनः मतदान वा मतगणना गर्ने भन्ने सम्बन्धमा अहिले ११ बजेदेखि बैठक बसेका छन् । 

यता यसवीच १६२ स्थानमा भएको मतदानको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । सुनसरीलगायत केही जिल्लामा धमाधम मतगणना भइरहेको छ । सम्भवतः आज रातिसम्ममा अन्य क्षेत्रको समानुपातिक मतगणना कार्य सकिने आयोगको विश्वास छ ।

 
पुनः निर्वाचन हुने वा मतणना गर्ने भन्ने निर्णय गर्न बाँकी तीन वटा जिल्लामा मोटामोटी दुई लाख मत खस्ने वा खसेको अनुमान छ । ती स्थानमा यसअघिको निर्वाचनमा मोटामोटी ६८ प्रतिशत खसेकाले अब मतदान भएको अवस्थामा ७० प्रतिशत पुग्ने अनुमान छ ।

आयोगका एक जना पदाधिकारीले बताए, ‘सुनसरीलगायत जिल्लामा केही मत गन्न बाँकी छ । सबै गरेर अब करिब तीन लाख मत गनिन्छ ।’ 

यसअघिको मतको विश्लेषण गर्दै उनले भने, ‘माधव नेपालको पार्टीको तराईमा राम्रो देखियो । सप्तरीको एउटा क्षेत्रबाट १६ हजार र महोत्तरीमा १९ हजार समानुपातिक मत उक्त पार्टीलाई आएको छ । उदयपुरमै पनि ८ हजार आएको देखियो ।’

टिप्पणीहरू