कालोसूचिबाट देशलाई जोगाउन प्रधानमन्त्री कार्यालयमा जुटे सचिवहरु

कालोसूचिबाट देशलाई जोगाउन प्रधानमन्त्री कार्यालयमा जुटे सचिवहरु

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति शुध्दिकरण राष्ट्रिय समन्वय केन्द्रको बैठक बसेको छ । 

प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवालीको अध्यक्षतामा बैठक बसेको हो । आज बिहान साढे ९ बजेदेखि शुरु भएको बैठक केही बेरअघि सकिएको छ । 

बैठकमा गृहसचिव विनोदप्रकाश सिंह,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. रामप्रसाद घिमिरे,अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्करलगायतको उपस्थिति रहेको थियो । 

त्यस्तै,परराष्ट्र सचिव भरतराज पौड्याल,नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना पनि बैठकमा सामेल हुनुहुन्थ्यो  ।

टिप्पणीहरू