माओवादीकी गोरखा इन्चार्जद्वारा राजीनामा
माओवादी भातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपालकी केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज लक्ष्मी गोर्खालीले आफ्नो जिम्मेवारीबाट राजीनामा घोषणा गरेकी छन् । सिरानचोक गाउँपालिकाको सदस्यसमेत रहेकी उनले पार्टी र पालिकाको जिम्मेवारीबाट मुक्त भएको बताएकी हुन् ।
व्यक्तिगत समस्याको कारण राजीनामा दिनुपरेको उनले बताइन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले जिल्ला इन्चार्ज र पालिका सदस्यको यात्रा टुंगिएको जानकारी गराएकी छन् ।
‘म आजसम्म माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपालको केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्ज एवम् सिरानचोक गाउँपालिकाको पालिका सदस्य रहेको थिएँ’,उनले भनेकी छन्,‘तर,आज आफ्नो व्यक्तिगत समस्याका कारण पार्टी र संगठनको यात्रा यहीँ टुंगिएको जानकारी गराउँदछु । म गोरखा जिल्ला इन्चार्ज तथा पालिकाको सदस्यबाट राजीनामा गरेको जानकारी गराउँछु । धन्यवाद ।’
टिप्पणीहरू