वरिष्ठ पत्रकारको सामाजिक सञ्जाल र मोबाइल बन्द

वरिष्ठ पत्रकारको सामाजिक सञ्जाल र मोबाइल बन्द

पत्रकार महासंघका पूर्वसभापति तथा वरिष्ठ पत्रकार किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल बन्द गरिएको छ । उनले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल र एनसेलको मोबाइल नम्बर बन्द गरिएकोमा महासंघले आपत्ति जनाएको छ । 

डेढ महिनादेखि उहाँले चलाउने फेसबुक, ट्वीटर,इन्स्टाग्राम,इमेल र फोनसमेत बन्द गरिएको महासंघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । यसबारे नेपाल प्रहरीको साइबर ब्यूरोमा लिखित जानकारी गराउँदा पनि समाधानतर्फ तदारुकता नदेखाएको आरोप लगाइएको छ । घटनाबारे छानबिन गर्न महासंघले माग गरेको छ । 

‘घटनाको छानबिन गरी अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्याउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग छ’, विज्ञप्तिमा भनिएको छ । 

पाँच दशकदेखि पत्रकारितामा योगदान पुर्याएका नेपालको सामाजिक सञ्जाल बन्द हुनु अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको महासंघको ठहर छ ।

 

टिप्पणीहरू