स्याङ्जा र बाजुरामा फेरि मतदान हुने भएन

स्याङ्जा र बाजुरामा फेरि  मतदान हुने भएन

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले मतगणना शुरु गर्ने निर्णय गरेको हो । 

राजनीतिक दलबीच विवाद उत्पन्न हुँदा रोकिएको मतगणना शुरु गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।  ‘आज बसेको बैठकले यथाशीघ्र मतगणना सुचारु गर्न निर्देशन दिने निष्कर्ष निकालेको छ’, उनले भने । 

नेकपा एमाले र नेपाली कांग्रेसले एकअर्कामाथि धाँधलीको आरोप लगाउँदा मतदान भएको १० दिन बित्दा पनि मतगणना हुन सकेको छैन । 

स्याङजा २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् पूर्वमन्त्री पद्माकुमारी अर्यालसहित अन्यले पुनः मतदानको व्यवस्था मिलाउन माग गरेका थिए । मरेका मानिसहरुको नाममा समेत मतदान भएको,बुथ कब्जा गरिएकोलगायतका आरोप उनीहरुले लगाएका थिए । 

यहाँ कांग्रेसबाट उपसभापति धनराज गुरुङ्ग र एमालेबाट पद्माकुमारी अर्याल मुख्य प्रतिस्पर्धी रहेका छन् ।  त्यस्तै,बाजुरामा कांग्रेसका बद्रिप्रसाद पाण्डे र एमालेका कर्णबहादुर थापा चुनावी मैदानमा छन् ।

टिप्पणीहरू