अमरेशकुमार फेरि प्रचण्ड भेट्न पुगे
काँग्रेसमा बागी उम्मेदवारी दिएर सांसद बनेका अमरेशकुमार सिंह फेरि नेताहरुको घर धाउन थालेका छन् । चुनावअघि प्रायः पुगिरहने खुमलटारमा उनी आज पनि गएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा सिंह बिहान ११ बजेको समयमा पुगेको बताइन्छ । उनले झण्डै पौने घण्टा अध्यक्ष प्रचण्डसँग बातचित गरेको स्रोतको दाबी छ ।
विगतमा आफूलाई भारतीय संस्थापन पक्षको रुपमा परिचित गराउँदै आएका सिंहलाई यस पटक नेपाली काँग्रेसले सांसदको टिकट दिएको थिएन । तर उनी सर्लाही ४ बाट बागी उम्मेदवार उठेर विजयी भएका हुन् ।
यसअघि आजै खुमलटारमा बिहान ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पनि पुग्नुभएको बताइन्छ । उहाँले अध्यक्षसँग बिहान ८ बजेको समयमा झण्डै आधा घण्टा बातचित गर्नुभयो ।
टिप्पणीहरू