प्रहरीको कब्जाबाट छुटेकी बिनु भन्छिन् ‘राम्रै गरे,खाजा खुवाए’

प्रहरीको कब्जाबाट छुटेकी बिनु भन्छिन् ‘राम्रै गरे,खाजा खुवाए’

सर्वोच्च अदालतको गेटमा रातो रङ घोलेर फालेवापत पक्राउ परेकी सोलुखुम्बूकी बिनु यादवलाई प्रहरीले रिहा गरेको छ । लामो समयदेखि न्याय नपाएको आक्रोशमा उनले सर्वोच्चको गेटमा हिजो रातो रङ घोलेर फालेपछि प्रहरीले पक्रेको थियो ।

आफूलाई अदालतबाट न्याय नमिलेको भन्दै यसअघि इजलासमै विष पिउनसमेत बाध्य भएकी विनुले प्रहरीले पक्राउ गरे पनि नराम्रो व्यवहार नगरेको र हिरासतमा आफूलाई चिया,खाजासमेत खुवाएको बताइन् ।

तर,सडकमा मेयरविरुद्ध खुलेआम खुकुरी बोकेर हिँडेकालाई पक्राउ नगरेको र आफू न्यायको निम्ति अदालतको गेटमा जाँदा प्रहरीले पक्राउ गरेकोमा भने दुःख व्यक्त गरेकी छन् । हिजो बिहान पक्राउ परेकी बिनु सात घण्टापछि साँझ रिहा भएकी हुन्  ।

टिप्पणीहरू