एमालेको विजय जुलुसमा ढुंगामुढा

एमालेको विजय जुलुसमा ढुंगामुढा

सुनसरीको दुहबीमा निकालिएको एमालेको विजय जुलुसमा ढुंगामुढा प्रहार भएको छ । ढुंगामुढापछि दुहवी नगरपालिका ९, छाताबेलीमा झडपसमेत भएको बताइएको छ ।

प्रहरीका अनुसार एमालेबाट प्रतिनिधि सभामा विजयी भगवती चौधरी र प्रदेश सभा सदस्य रोहितबहादुर कार्कीको विजय जुलुसमाथि आक्रमण भएको हो । 

ढुंगा प्रहारबाट एमाले कार्यकर्ताहरू लाल मोहम्मद रैन,कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

दुहबी वडा नम्बर ९ का वडाध्यक्ष तथा सुनसरी ३ का क्षेत्रीय सभापति मेहदी हुस्सेनको घर नजिकै पुगेको र्यालीमा अकस्मात आक्रमण भएको एमालेले जनाएको छ । अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

टिप्पणीहरू