खुमलटारमा प्रेम आले, बालुवाटारमा जीवनराम

खुमलटारमा प्रेम आले, बालुवाटारमा जीवनराम

बालुवाटार, सिंहदरबार र खुमलटारमा राजनीतिक भेटघाट र छलफलले तिव्रता लिन थालेको छ । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग, खुमलटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सिंहदरबारमा सरकारका मन्त्रीहरुसँग भेटघाट भएको हो ।

हिजो बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच बिहान १० बजेको समयमा भेटवार्ता भएको थियो । गृहमन्त्री खाँण निस्केपछि प्रधानमन्त्रीसँग छलफल गर्न पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पुग्नुभएको हो । प्रधानमन्त्रीसँग उहाँले झण्डै डेढ घण्टा बातचित गर्नुभएको थियो ।

उता खुमलटारस्थित दाहाल निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका नेता तथा हालै निर्वाचित सांसद प्रेमबहादुर आलेबीच बिहान एक घण्टा कुराकानी भएको थियो । आज बिहान खुमलटारमा काँग्रेसका बागी उम्मेदवार अमरेशकुमार र ऊर्जामन्त्री पम्फा भुसालले भेट गर्नुभएको छ ।

हिजै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्मा र प्रधानसेनापति प्रभुराम शर्माबीच दिउँसो आधा घण्टा भेटवार्ता भएको बताइन्छ ।

टिप्पणीहरू